प्रदेश ५ को कांग्रेस संसदीय दलको नेतामा कनौडिया

प्रदेश ५ को कांग्रेसको संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन भएका छन् । मंगलबार बुटवलमा सम्पन्न पार्टी संसदीय दलको बैठकले कपिलवस्तु ३ (ख) बाट निर्वाचित कनौडियालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

 

कनौडियालाई पार्टी संसदीय दलको नेतामा प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव र लेखा समितिका सभापति डिल्ली चौधरीले समर्थन गरेका थिए ।
गत माघ ८ गते संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको क्यान्सरका कारण मृत्यु भएपछि कनौडिया कार्यवाहक नेता बनेका थिए । 


प्रदेश सभामा प्रमुख विपक्षी दलको भूमिका सशक्त र प्रभावकारी बनाई सरकारलाई गलत निर्णय र काम गर्नबाट रोक्न आफूले सशक्त ढंगबाट काम गर्ने कनौडियाले बताएका छन् । कनौडिया ०५८ सालमा जलस्रोत सहायक मन्त्री भएका थिए ।





  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार १४:५४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया