मंगलबारसम्म विश्वभर १ करोड ८५ लाख कोरोना संक्रमित

एजेन्सी– विश्व स्वास्थ्य संगठनका अनुसार मंगलबारसम्म विश्वभरमा १ करोड ८४ लाख ५० हजार ८३७ जनालाई कोरोना संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमणका कारण ६ लाख ९७ हजार २८१ व्यक्तिको मृत्यु भएको छ । 

हालसम्म १ करोड १६ लाख ८१ हजार ९६० व्यक्ति कोरोनामुक्त भएका छन् । विश्वभरमा ६० लाख ७१ हजार ५९६ जना कोरोना संक्रमित उपचाररत छन् ।   संक्रमितमध्ये ६४ हजार ६ सय ७२ जनाको अवस्था गम्भीर छ ।

संयुक्त राज्य अमेरिकामा ४८ लाख ६२ हजार २८५ जनामा कोरोना भाइरसका संक्रमित छन् भने १ लाख ५८ हजार ९३१ व्यक्तिको मृत्यु भइसकेको डब्लुएचओले जनाएको छ ।  

दक्षिण अमेरिकामा ४२ लाख ८७ हजार ८३५ जना कोरोना संक्रमितमध्ये १ लाख ४८ हजार ४०८ जनाको मृत्यु भएको छ । 

त्यस्तै, उत्तर अमेरिकामा ५७ लाख १४ हजार ७५९ जना कोरोना भाइरस संक्रमित छन् भने दुई लाख २३ हजार १०५ जनाको मृत्यु भएको छ । 

युरोपमा २९ लाख २४ हजार ९४४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ४ हजार ६४ को मृत्यु भएको छ । 



एसियामा ४५ लाख २९ हजार ५९९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ७३५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ९ लाख ७२ हजार २८७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २० हजार ६७१ जनाको मृत्यु भएको छ ।  



ओसियानामा २० हजार ५१७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५७ जनाको मृत्यु भएको छ ।

  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार १७:१२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया