युरोपा लिग आजबाट सञ्चालन हुने

कोरोनाभाइरसका कारण लामो समयसम्म रोकिएको युरोपा लिग आजबाट सञ्चालनमा आउँदैछ ।

१३ मार्चबाट रोकिएको लिग करिब पाँच महिना पछि फेरि हुन लागेको हो । लिगमा आज मात्रै अन्तिम १६ का चार खेल हुँदैछन् ।

नेपाली समय अनुसार राती १०ः४० मा दुई खेल हुनेछन् । यी दुई खेलमा कोपनहेगनले घरेलु मैदानमा स्तानबुल बकासेहिरको सामना गर्ने छ । शख्तरले पनि घरेलु मैदानमा वुल्फ्सवर्गको समना गर्ने छ ।

पहिलो लेग १–० ले गुमाएको कोपनहेगनलाई  अघिल्लो चरणमा पुग्न आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ ।

पहिलो लेगमा २–१ को जित निकालेको शख्तरले आज बराबरी खेले पनि उसलाई अघिल्लो चरण प्रवेश गर्न छेकबार हुने छैन । 

त्यस्तै, आजै राति पौने एकमा पनि दुई खेल हुँदैछन् । पौने एकको खेलमा इन्टर मिलानले गेटाफेको सामना गर्नेछ । यो खेल न्युट्रल भेन्यु जर्मन क्लब साल्केको घरेलु मैदान भेल्टिन्स एरिनमा हुनेछ । म्यानचेस्टर युनाइटेडले पनि घरेलु मैदानमा लस्कको सामना गर्नेछ ।



इन्टर र गेटाफेबीचको पहिरो लेग कोरोनाका कारण स्थगित भएको थियो । अब यही खेललाई आधार मानेर अघिल्लो चरणमा पुग्ने टोलीको टुङ्गो लगाइने छ ।

युनाइटेडलाई आजको खेलमा कुनै दवाब हुने छैन उसले पहिलो लेगमा ५–० को सहज जित हात पारेको थियो ।



  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार ११:२५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया