इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब भ्यालेन्सियाका खेलाडी भित्र्याएको छ । सिटीले २० वर्षीय विंगर फरान टोरेसलाई २३ मिलियन युरोमा भित्र्याएको हो ।
जर्मनीका विंगर लिरोय सानेले छोडेको केही दिनमै सिटीले सानेको स्थानमा टोरेस भित्र्याएको हो ।
सिटीमा आबद्ध भएपछि खुसी हुँदै टोरेसले हरेक खेलाडी सिटी जस्तो अट्याकिङ क्लबमा आबद्ध हुन इच्छुक हुने बताएका छन् । उनले सिटीलाई सबैभन्दा आक्रामक क्लबको संज्ञा समेत दिएका छन् ।
त्यसैगरी म्यानचेस्टर सिटीका फुटबल निर्देशकले टोरेस जतिबेला पनि नतिजा उल्ट्याउन सक्ने क्षमता भएका खेलाडी भएको अभिव्यक्ति दिएका छन् ।
सिटीले जर्मन क्लब बोरुसिया डर्टमन्डका डिफेन्डर नथान एकेलाई भित्र्याउन प्रयास गरिरहेको छ । जसका लागि सिटी ४० मिलियन खर्च गर्न तयार छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।