लेबनान विस्फोटः सबै नेपाली सुरक्षित छन्

लेबनानमा हिजो राति भएको भयानक विस्फोटमा परेर अहिलेसम्म कम्तिमा पनि सय जनाले ज्यान गुमाएका छन् । ४ हजारभन्दा बढी घाइते भएका छन् । 

यो विस्फोट भएको ठाउँमा नेपालीहरु पनि उल्लेख्य संख्यामा रहेका छन् । ‘तर, अहिलेसम्म नेपाली हताहत भएको समाचार आएको छैन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले सम्म त्यहाँ नेपाली हताहत भएको वा घाइते भएको केही समाचार आएको छैन ।’

नेपाल सरकारले यसबारे थप जानकारी इजिप्टमा रहेको राजदूतावासले दिने जनाएको छ ।

उता, लेबनानी राष्ट्रपचि मिसेल आउनले चाहिँ यो विस्फोट २७५० टन एमोनियम नाइट्रेट भण्डारणमा असुरक्षित रुपमा राखिएकाले भएको बताएका छन् । 

लेबनान सरकारले यो घटनापछि बुधबारका लागि राष्ट्रिय शोक घोषणा गरेको छ ।





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार १७:८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया