ओली–प्रचण्ड भेट स्थगित

पछिल्लो समय पार्टीमा देखिएको विवाद मिलाउन आज तय गरिएको नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेट स्थगित भएको छ । 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार अब यो भेट भोलि विहानका लागि तय भएको छ ।

यसअघि लगातार तीन दिनसम्म यी दुई अध्यक्षले पार्टीका दुई नेता झलनाथ खनाल र सुवास नेम्वाङसँगै वार्ता गरेका थिए । तर, पछिल्लो विवाद पार्टीको स्थायी कमिटी बैठकमा वा सचिवालय बैठक मध्ये कुनबाट समाधान गर्ने भन्नेमा दुई नेताबीच विवाद मिलेको छैन ।





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार १७:१२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया