एनआइसी एशिया बैंकले ‘सुपर चमत्कारिक कर्जा’बाट कर्जाको ब्याज तथा किस्ता रकममा पाउन सकिने मासिक तथा वार्षिक फाइदा हेर्नका लागि ‘लोन वेनिफिट क्याल्कुलेटर’ ल्याएको छ । कर्जा योजना सम्बन्धी जानकारी ग्राहकले बैंकको वेबसाइटमा ‘लोन बेनिफिट क्याल्कुलेटर’मा गएर वर्तमान अवस्थामा आफूले उपभोग गर्दै आएको कर्जाको तुलना सुपर चमत्कारिक कर्जासँग सजिलै गर्न सकिने बैंकको दावी छ ।
बैंकले यसअघि वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य सुविधासहित ‘सुपर चमत्कारिक कर्जा’ कर्जा योजना ल्याएको थियो । सो योजनामा ग्राहकको सहभागिता उत्साहपूर्ण रहेको बैंकले जनाएको छ । योजनामा जुनसुकै स्थानबाट जुनसुकै समयमा पनि अनलाइनमार्फत कर्जा आवेदन दिन सक्ने सुविधा रहेको छ । सेवाग्राहीहरूले आवेदन दिएको ४८ घण्टाभित्र कर्जाको निर्णय दिने व्यवस्था बैंकले गरेको छ ।
कर्जा प्रवाह भएको एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने र सुपर चमत्कारिक घर तथा सवारी कर्जाको पूर्वस्वीकृतिको सुविधासमेत योजनामा समावेश रहेको बैंकले जनाएको छ । बैंकका अनुसार ‘लोन बेनिफिट क्याल्कुलेटर’मा चाहिने विवरणहरू हुन्छ । जस्तैः अहिले उपभोग गरिरहेको कर्जाको रकम, ब्याजदर, अवधि आदि भरेपछि सेवाग्राहीहरूले आफ्नो मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमको विवरणका साथै त्यसको वार्षिक हिसाब समेत सरल तरिकाले थाहा पाउन सकिने बैंकले बताएको छ ।
बैंकको वेबसाइटमार्फत सेवाग्राहीहरू आफुले प्राप्त गर्नसक्ने कर्जा योग्यता जाँच्न तथा योग्य ठहरिए अनुसार वेबसाइटबाटै कर्जाको आवेदन दिनसक्ने सुविधाको व्यवस्था समेत बैंकले गरेको छ । ग्राहकले बैंकको वेबसाइटमा गई लोन स्टाटस समेत आफै ट्र्याक गर्न सक्ने जनाइएको छ ।
हाल बैंकले देशभर ३२६ शाखा, ४६५ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।