चितवनमा फेरि भेटिए कोरोनाभाइरस संक्रमित

चितवनमा फेरि कोरोनाभाइरस संक्रमित भेटिएका छन् । दुई साता यता त्यहाँ कोरोनाभाइरस संक्रमित भेटिएका थिएनन् । 

बुधबार भरतपुरको कोरोना प्रयोगशालमा गरिएको परीक्षणमा एक व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । उनी ७९ वर्षका पुरुष रहेका छन् ।

उनी घरबाहिर ननिस्किए पनि कोरोनाभाइरस संक्रमित भएको पाइएको छ । उनलाई रुघाखोकी लागेपछि कोरोना परीक्षण गरिएको थियो । 

अब चितवनमा ७ जना कोरोनाभाइरसका सक्रिय संक्रमित छन् ।





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार १७:२४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया