गाई काटेको अभियोगमा म्याग्दीमा चारजना पक्राउ

म्याग्दी– गाई काटेको अभियोगमा म्याग्दी जिल्लामा चार जना पक्राउ परेका छन् । गाई काटेको अभियोगमा उनीहरु सोमबार पक्राउ परेका हुन् । 

मालिका घर भई बेनी बस्दै आएका हिरा रसाइलीले आफ्नै डेरामा साथीहरु बोलाएर गाई काटेको प्रहरीको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा गाई काटिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको हो । 

प्रहरीले उनीहरुको साथबाट ३ थान दाउ, घन र २० केजी गाईको मासु बरामद गरेको छ । 

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार १७:३२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया