नेपालमा थपिए तीन आन्तरिक विमानस्थल


नेपालमा तीन नयाँ विमानस्थल थपिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले गुल्मी, इलाम र ओखलढुंगामा निर्माण भएका विमानस्थलको ‘आइकाओ लोकेसन इण्डिकेटर’ तय गरेको छ । प्राधिकरणका अनुसार आइकाओबाट मान्यता प्राप्त तीन आन्तरिक विमानस्थल थप भएका हुन् ।

 

अब इलामस्थित फाल्गुनन्द कुसिलुम्बा विमानस्थललाई अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको सूचकअनुसार ‘भीएनएफएन’ संकेतमा चिनिने भएको छ भने गुल्मीको रेसुंगा विमानस्थल एभिएशनको भाषामा ‘भीएनआरजी’ भनेर चिनिनेछ । त्यस्तै, ओखलढुंगामा निर्माण भएको खिजी चण्डेश्वरी विमानस्थललाई ‘भीएनकेसी’ संकेत नम्बर प्राप्त भएको छ ।


यसअघि आइकाओ लोकेसन इन्डिकेटर प्राप्त विमानस्थलको संख्या ४९ थियो । अब नेपालभित्र आइकाओ मान्यता प्राप्त विमानस्थलको संख्या ५२ पुगेको छ । नेपालमा अहिले एक अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । 





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार १७:४५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया