भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १९ लाख नाघ्यो

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १९ लाख नाघेको जनाइएको छ । गत २४ घण्टामा भारतका ५२ हजार ५ सय ९ जनामा कोरोना पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १९ लाख ८ हजार २ सय ५४ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । 

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ८ सय ५७ जनाको मृत्यु भएपछि कुल मृतकको सङ्ख्या ३९ हजार ७ सय ९५ जना पुगेको छ । 

सरकारी अधिकारीका अनुसार  भारतमा कोरोना सङ्क्रमितमध्ये १२ लाख ८२ हजार २ सय १५ व्यक्ति निको भएर फर्किएका छन् । भारतमा मङ्गलबार कोरोना भाइरस निको हुने क्रम ६६.३० प्रतिशतले बढेको पाइएको छ । हाल भारतमा ५ लाख ८६ हजार २ सय ४४ जना कोरोना सङ्क्रमित अवस्थामा रहेका छन् ।
   
भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना सङ्क्रमण राज्यका रुपमा रहेको छ । कोरोना प्रभावित भारतको दोस्रो राज्य तमिलनाडू र तेस्रोमा राजधानी सहर दिल्ली रहेको छ ।





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार १८:१८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया