कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मानिस मरेको पाँच दिनसम्म लास घरमै राखिएको छ । जिउँदो हुने विश्वासमा राखिएको शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । स्थानीय दीपक चौधरीको घरभित्र शव राखिएको थियो ।
बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो । मुटुका बिरामी शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा कोहलपुरमा उपचारपछि घर फर्केका थिए ।
उनको घरमै मृत्यु भएको थियो । मृत्युपछि पाँच दिनअघि थप उपचारका लागि पाष्टरको घर ल्याइएको मोतीरामका २१ वर्षका छोरा ईश्वर डगौराले जानकारी दिए । पाष्टर र धर्मप्रति विश्वासमा परेका ईश्वर सात दिनपछि बाबु उठ्ने विश्वासमा थिए । पाष्टर चौधरी पनि लासमा पसिना आएर गन्ध आएको र लास उठ्ने विश्वासमै थिए ।
प्रहरी पुगेपछि शव उठाएर टीकापुर अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।