काठमाडौं– मंगलबार बालुवाटारमा ७१ जनाको कोरोना परीक्षण गरिएकोमा उनीहरु सबैको नतिजा नेगेटिभ आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यसहित प्रधानमन्त्री निवासको रेखदेखदेखि सुरक्षासम्म खटिएका ७१ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
मंगलबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले स्वाब संकलन गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।