बुधबार विभिन्न मुलुकमा अलपत्र १३ सय १३ नेपाली स्वदेश फर्किए

काठमाडौं– विभिन्न मुलुकमा अलपत्र एक हजार ३१३ नेपाली स्वदेश फर्किएका छन् । कोरोना (कोभिड–१९) महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार आवागमन र प्रस्थान दुवैगरी १५ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । नेपाल एयरलाइन्सले दुबईबाट २६५ र दोहाबाट १५१ यात्रु काठमाडौँ ल्याएको छ ।

त्यस्तै, कतारको दोहाबाट १५१ यात्रु नेपाल ल्याएको छ । सोही एयरलाइन्स थप नेपालीको उद्धारका लागि रियाद र दमाम प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।

हिमालय एयरलाइन्सले दमामबाट १५४ यात्रु तथा दुई शव नेपाल ल्याएको छ । अबुधाबीबाट १५४ यात्रु ल्याएको छ । हिमालयकै जहाजले इराकको बगदादबाट ३९ यात्रु ल्याएको छ । काठमाडौँबाट बगदाद जाँदा ३६ यात्रु लगेको थियो । थप नेपालीको उद्धारका लागि हिमालयको जहाज दोहा र दमाम उडेको छ ।

त्यस्तै, कतार एयरवेजले २५१, इतिहाज एयरले अबुधाबीबाट १३८ र फ्लाई दुबईले १६१ नेपाली काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार पनि विभिन्न देशबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी आठ चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ ।



बुधबार आन्तरिकतर्फ पनि सात वटा चार्टर्ड उडान भए । तारा र समिट एयरका जहाज तथा मनाङ, सिम्रिक र कैलाशको हेलिकप्टरले विभिन्न गन्तव्यमा उडान गरेका हुन् । 



  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार २०:२६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया