कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले यसलाई रोकथामका लागि विभिन्न नियमहरु लागु गर्ने भएको छ । भोलि बिहीबारदेखि सरकारले सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिसकेको छ । यसका साथसाथै अब काठमाडौं उपत्यकामा राति ९ बजेपछि बिहान ५ बजेसम्म हिँडडूलमा रोक पनि लगाइएको छ ।
गृह मन्त्रालयका अनुसार कोरोनाभाइरस संक्रमित बढ्दै गएपछि यो निर्णय गरिएको हो ।
यो निर्णय काठमाडौं र अन्य २ सयभन्दा बढी कोरोनाभाइरस संक्रमित बढ्दै गएको स्थानमा लागु गरिएको गृह मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।