प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास विकास मन्त्रालय उच्च स्रोतका अनुसार बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ पुष्टि भएको हो ।
समाजिक विकास मन्त्रालयका अनुसार प्रदेश सरकारका मन्त्री यादव, प्रदेश सांसद रिना यादवलाई पनि कोरोना पोजिटिभ भएको छ । मन्त्री यादव मन्त्रालयको निवासमै होम आइसोलेसनमा बसेका छन् ।
यसैगरी, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रिता मिश्रको सचिवालय र पारिवारिक सदस्यहरु पनि संक्रमित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।