कोरोनाभाइरस (कोभिड १९) का कारण विश्वभर अब सात लाखभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् ।
जोन हप्किङ्स विश्वविद्यालयले दिएको पछिल्लो जानकारीअनुसार कोरोनाभाइरसका कारण विश्वभर सात लाख एक हजारभन्दा धेरैको ज्यान गएको हो ।
सबैभन्दा बढी मृत्यु अमेरिकामा दर्ज गरिएको छ । अमेरिकामा कोभिड १९ का कारण १ लाख ५६ हजार ८ सय ३० जनाको निधन भएको हो । ब्राजिलमा पनि कोरोनाका कारण अब झन्डै एक लाखको निधन भएको छ । ब्राजिलमा कोरोनाका कारण ९५ हजार ८ सय १९ जनाको निधन भएको छ ।
कोभिड १९ का कारण धेरैले ज्यान गुमाएका तेस्रो र चौथो देशमा मेक्सिको र बेलायत परेका छन् । यी दुई देशमा क्रमशः ४८ हजार ८ सय ६९ जना र ४६ हजार २ सय ९५ जनाको निधन भएको छ ।
भारतमा कोरोनाका कारण ३९ हजार ७ सय ९५ जनाको निधन भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।