परिवारका सदस्यको एसएमएस जसले ल्याएको छ सुशान्त मुद्दामा नयाँ मोड

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको एक महिना बितिसक्दा प्रत्येक दिन अनौठा र नयाँ खुलासा भइरहेका छन् । यसबीच सुशान्त, उनकी बहिनी प्रियंका, उनका भिनाजु ओपी सिंहबीच भएको एसएमस बाहिर आएको छ जसले यो मुद्दामा नयाँ मोड ल्याइदिएको छ ।

उनका भिनाजु ओपी सिंह हरियाणा प्रहरीका अधिकारी पनि हुन् । 

यी तीनबीच यसअघि नै सुशान्तको ज्यान खतरामा रहेको भन्दै एसएमएस आदानप्रदान भएको रहेछ । 

तर, सुशान्तको यो परिवारले लिखित रुपमा यसअघि सुशान्तको ज्यान खतरामा भएको लिखित उजुरी दिएको रहेनछ । प्रहरीसँग चाहिँ सुशान्तका बाबुले यसअघि नै सुशान्तको ज्यान बचाउन अनुरोध गरेका रहेछन् ।





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार २३:२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया