फेसबुकले हटायो अमेरिकी राष्ट्रपतिको पोस्ट

सामाजिक सन्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोस्ट हटाइदिएको छ । कोरोनाभाइरसबारे ट्रम्पले लेखेको स्टाटसलाई फेसबुकले फेक भन्दै हटाएको हो । ट्रम्पको पोस्ट पहिलो पटक फेसबुकले हटाएको हो । 

फेसबुकले ट्रम्पको पोस्टले गलत सूचना दिएको भन्दै आफूहरुले त्यसलाई हटाइदिएको बताएको छ । ट्रम्पको यो पोस्टले गलत सूचना दिएको आरोप पनि फेसबुकले लगाएको छ । 

ट्रम्पले चाहिँ फक्स न्युजलाई दिएको एक अन्तर्वार्ताको भिडियो क्लिपसँगै आफ्नो स्टाटस राखेका थिए । यसमा भिडियोमा उनले बालबालिकामा कोभिड १९ सँग लड्न प्रतिरोधी क्षमता भएको दाबी गरेका थिए ।

फेसबुकका प्रवक्ताले भनेका छन्, ‘यो भिडियोमा कोभिड १९ बारे गलत दाबी गरिएको छ र यो हाम्रो नीतिको उल्लंघन हो । हामी कोरोनाभाइरसबारे गलत सूचना फैलाउनेविरुद्ध रहेका छौँ ।’ यो विषयमा अहिलेसम्म अमेरिकी राष्ट्रपति ट्रम्प तथा उनको कार्यालयले कुनै प्रतिक्रिया दिएको छैन ।





  • प्रकाशित मिति : साउन २२, २०७७ बिहीबार ८:५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया