गण्डकी प्रदेशमा जोरबिजोर लागु नहुने

कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी गृहमन्त्रालयले  बिहीबारदेखि लागु गरेको जोरबिजोर प्रणाली गण्डकी प्रदेशमा लागु नहुने भएको छ । सरकारले २ सय जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थियो । गण्डकीका सबै ११ जिल्लामा २ सय सक्रिय सङ्क्रमित नभएका कारण जोरबिजोर प्रणाली लागू नहुने भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ  । 


निर्देशनालयका अनुसार हालसम्म २६ हजार ३८ जनाको स्वाब सङ्कलन गरिएको मध्ये २४ हजार ४७२ को नेगेटिभ रिपोर्ट आएको छ ।  गण्डकीमा बिहीबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५६६ पुगेको छ । सङ्क्रमितमध्ये एक हजार ३६२ निको भएका छन् । पछिल्लो २४ घण्टामा ३१५ को कोरोना परीक्षण भएको छ भने हालसम्म चार जनाको कोरोनाका कारण मृत्यु भएको छ । 
    
त्यसैगरी क्वारेन्टिनमा एक हजार ११ रहेका छन् भने आइसोलेसनमा २११ छन् । प्रदेशमा हालसम्म भारतबाट १२ हजार २९१ र तेस्रो मुलुकबाट पाँच हजार १०४ जना आएको तथ्याङ्क छ । प्रदेशभर बिहीबार बिहानसम्म ११ जनामा कोरोना पुष्टि भएको छ । 





  • प्रकाशित मिति : साउन २२, २०७७ बिहीबार १५:०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया