मेची प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण सुरु

झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा कोरोना भाइरसको पिसिआर परीक्षण सुरु भएको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखा पर्न थालेपछि सङ्घीय तथा प्रदेश सरकारको सहयोगमा मेची प्रादेशिक अस्पतालमा पिसीआर परीक्षण सुरु गरिएको हो ।
 
अस्पतालको पुरानै भवनको माथिल्लो तलामा स्थापना गरिएको पिसिआर ल्याबको बुधबार एक कार्यक्रमबीच सङ्घीय सांसद तथा अन्तर्राष्ट्रिय समन्वय समितिका सभापति पवित्रा निरौला (खरेल) र प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । स्विस सरकारले उपलब्ध गराएको अत्याधुनिक पिसीआर मेसिन प्रदेश नम्बर १ सरकारले मेचीलाई हस्तान्तरण गरेका थिए । 
 
चार दिनअघि जडान गरिएको पिसीआर ल्याबमा नमुना परीक्षणको काम सकिसकेपछि ल्याब सञ्चालनमा आएको हो । जिल्लामै कोरोना पुष्टि भएका व्यक्तिलाई अस्पतालकै आइसोलेसन वार्डमा उपचाररत रहेको र त्यही मध्येबाट पाँच जनाको स्वाब पुनः परीक्षण गरी ल्याबबाट सेवा सुचारु गरिएको अस्पतालले जनाएको छ । 

मेचीमा जडान गरिएको पिसीआर मेसिन अत्याधुनिक खालको भएको र यसले एक पटकमा ९० वटा सम्मको स्वाब परीक्षण गर्न सकिने बताइएको छ । 
 





  • प्रकाशित मिति : साउन २२, २०७७ बिहीबार १५:३३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया