प्रदेश १ मा बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु
सांकेतिक तस्बिर

बाढीपहिरो र चट्याङका कारण प्रदेश १ मा यस वर्ष १६ जनाको मृत्यु भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ निवासी मदन भनिने प्रशान्त राई, चुलचुली–५ इलाम निवासी राम केरुङ, अरुण–२ भोजपुर निवासी जिता राई, म्याङ्लुङ–६ तेह्रथुम निवासी अन्जना लिम्बू, मेचीनगर–९ झापा निवासी विवेद दर्नाल, भद्रपुर–२ झापा निवासी अंकुश तामाङ, करण थामी, र अर्जुन थामी, सुनवर्षी–६ र ५ निवासी नृतकला केवरत र महादेवलाल केवरत, मकालु–२ सङ्खुवासभा निवासी निमा शेर्पा, भद्रपुर–२ झापा निवासी कुमार गजमेर, मिक्लाखोला–५ ताप्लेजुङ निवासी सौगात राई तथा रामधुनी–७ सुनसरी निवासी दीपेश लिम्बू र मन्दीप लिम्बू छन् ।

दीपेश र मन्दीपको अरिङ्गालले टोकेर तथा अन्यको पहिरो, बाढी र रुखले किचेर मृत्यु भएको मन्त्रालयका उपसचिव कमलबहादुर थापाले जानकारी दिए ।

यसैगरी बाढी पहिरोमा परी प्रदेश १ मा ११ बेपत्ता छन् । बेपत्ता हुनेमा सिलिङचोङ–१ सङ्खुवासभा निवासी उत्तरकुमारी राई, नजमाया राई, हस्तकुमार राई, एन्जिला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई माने, हर्कराज राई, आइतमाया राई र राममान राई छन् । उनीहरु गत असार २८ गते भारी वर्षाका कारण पहिरामा परी बेपत्ता भएको उपसचिव थापाले बताए ।





  • प्रकाशित मिति : साउन २२, २०७७ बिहीबार १५:४५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया