एनसेलले सुरु गर्यो वायर फ्रि प्लस वाइफाई सेवा

एनसेल आजियाटाले पहिलो पटक वण्डल सेवासहितको वायर फ्रि प्लस वाइफाई सेवा सुरु गरेको छ । वण्डल सेवामा ग्राहकले वाइफाई सहित फोरजी सिमकार्डसमेत पाउने बताइएको छ ।

कम्पनीले यो सेवा अम्ब्रेला थिम ‘प्लस’अन्तर्गत मंगलबारदेखि सुरु गरेको हो । वायर फ्रि प्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि लक्षित वाइफाई सेवा भएको कम्पनीको भनाइ छ । यो प्रविधिअन्तर्गत उपभोक्ताले तारविना नै डेटा सेवा लिन सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


योजनाअन्तर्गत आकर्षक बन्डल सेवा, बन्डलिङ सेवाअन्तर्गत ग्राहकले २ वटा फोरजी सिमकार्ड पाउने कम्पनीले जनाएको छ । प्लानका आधारमा प्रत्येक सिममा ५ जीबीदेखि १० जीबी डेटा, होम नेटवर्कभित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक, प्रभु टिभीलगायत डिजिटल कन्टेन्ट रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


गत महिनादेखि प्रि–बुकिङ लिन थालेको कम्पनीले  मंगलबारदेखि वितरण सुरु गरेको हो । वायरलेस प्रविधिमार्फत डेटा सेवामा पहुँच पुर्याउन खोजिएको बताउँदै कम्पनीका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तबले ग्राहकले बण्डल सेवासहित नयाँ अनुभव लिन सक्ने बताए । 

 

 वार्षिक प्लानमा मासिक ६ सय ९० रुपैयाँ शुल्क रहेको यो सेवा ग्राहकले गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन समूहअन्तर्गत सेवा लिन सक्ने कम्पनीले जनाएको छ  । गोल्ड समूहअन्तर्गत ग्राहकले करबाहेक ६ सय ९० रुपैयाँ शुल्कमा ६० जीबी वायर फ्रि प्लस डेटा, दुई सय मिनेट अन नेट टक टाइम र दुई वटा फोरज सिम कार्डमा मासिक पाँच जीबी डेटा पाउने बताइएको छ ।




प्लाटिनम समुहअन्तर्गत ग्राहकले करबाहेक मासिक ८ सय ६० रुपैयाँमा ८५ जीबी वायर फ्रि प्लस डेटा, ५०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा पाउनेछन् । त्यस्तैै, डायमण्ड समुहअन्तर्गत ग्राहकले करबाहेक मासिक ९ सय ५० रुपैयाँमा १०० जीबी वायर फ्रि प्लस डेटा, १००० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा पाउने कम्पनीले जनाएको छ । 

 



एनसेल सेन्टरमार्फत अथवा कम्पनीको वेबसाइटमा रहेको प्रभु पे, खल्ती र प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरबाट पनि बुकिङ गर्न सक्ने कम्पनीको जनाएको छ । 

 

प्याकेजको समय ग्राहकले एक पटक मात्र ५००, २,५०० वा ३,५०० तिर्नुपर्ने कम्पनीले जनाएको छ । ४२० दिनको समयसीमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुट गरिएको छ । ग्राहक लिने प्याकेज अनुसार हरेक ३० दिनको साइकलमा पाइने कम्पनीले जनाएको छ । ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवा अर्को नयाँ ३० दिनमा थप नहुने अर्थात् हरेका ३० दिनमा पुरानो डाटाको समय सकिने कम्पनीले जनाएको छ । 

 

कम्पनीले सुरु देशका विभिन्न ४० भन्दा बढी जिल्लामा सेवा दिइएको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले बुकिङका आधारमा डिभाइस जडान गर्ने जनाएको छ । 
 

  • प्रकाशित मिति : साउन २२, २०७७ बिहीबार १६:४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया