समुदायस्तरमै कोरोना देखिएपछि रौतहटमा निषेधाज्ञा

समुदायमै कोरोना सङ्क्रमण देखा परेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले साउन २४ गतेदेखि ३२ गते सम्मका लागि जिल्लाभरि निषेधाज्ञा जारी गरेको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको विभिन्न नगरपालिकाको समुदायमा कोरोना भाइरस देखा पर्न थालेको तथा बजार क्षेत्रमा भिडभाड बढ्न थालेको हुँदा कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन तथा सङ्क्रमण रोकथामका लागि रौतहट जिल्लाभरि निषेधाज्ञा लगाउने निर्णय गरेको बताइएको छ ।

 

अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन पूर्ण रुपले प्रतिबन्ध, स्वास्थ्य, विद्युत, सञ्चार, खानेपानी, फोहारेमैला, व्यवस्थापन, ग्यास ढुवानी, औषधी ,खाद्यान्न सामग्रीलगायत आपूर्तिबाहेक अन्य सेवा निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

समुदायमा कोभिड–१९ को सङ्क्रमण देखा परेपछि सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ तथा सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम साउन २४ गतेदेखि ३२ गतेसम्म जिल्लाभरि निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।
 





  • प्रकाशित मिति : साउन २२, २०७७ बिहीबार १६:४३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया