एजेन्सी– चीनको एक अस्पतालले गरेको अनुसन्धानमा कोरोना लागेर निको भएका ९० प्रतिशत चिनियाँ नागरिकको फोक्सो ड्यामेज भएको पाइएको छ । वुहान विश्वविद्यालयअनतर्गत पर्ने झोंगनान अस्पताल गरेको अनुसन्धानमा यस्तो पत्ता लागेको हो ।
कोरोना संक्रमण निको भएका वुहानका ५ प्रतिशत संक्रमितमा फेरि परीक्षण नतिजा पोजेटिभ देखिएपछि उनीहरुलाई क्वारेन्टिनमा राखेर उपचार सुरु गरिएको छ ।
विश्वविद्यालयले १०० जना कोरोना निको भएका मानिसहरुमाथि अध्ययन गरेर बुधबार त्यसको नतिजा सार्वजनिक गरेको हो । संक्रमितहरुको प्रतिरक्षा प्रणाली समेत अत्यन्त कमजोर रहेको अध्ययनमा देखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।