एसइईका लागि लिइएको शुल्क फिर्ता गर्न माग

काठमाडौं– कोरोना भाइरसका कारण एसइई परीक्षा नभएपछि सो परीक्षाका लागि लिइएको शुल्क फिर्ता गर्न माग गरिएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले एसइई परीक्षा शुल्क फिर्ता गर्न माग गरेको हो । 

एसइई परीक्षा बोर्डले सञ्चालन गर्न नपरेको र विद्यालयको आन्तरिक परीक्षा प्रणालीका आधारमै गरिएकाले आंशिक शुल्क फिर्ता गर्नुपर्ने महासंघको माग छ ।

महासंघले राष्ट्रिय परीक्षा बोर्डसँग ५० प्रतिशत शुल्क फिर्ता गर्न माग गरेको हो । विद्यार्थी र अभिभावकबाट परीक्षा शुल्क फिर्ता गर्न दबाब आएको भन्दै महासंघले यस्तो माग गरेको हो । 

२०७६ एसइई परीक्षा चैत ६ गतेबाट सञ्चालन हुने तय भए पनि कोरोनाका कारण चैत ५ गते नै स्थगित गरिएको थियो ।





  • प्रकाशित मिति : साउन २२, २०७७ बिहीबार १९:४८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया