वीर अस्पतालका चिकित्सकमा कोरोना संक्रमण

काठमाडौं– काठमाडौंको वीर अस्पतालका एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । 

अस्पतालका इन्टरनल मेडिसिन विभागमा कार्यरत पुरुष डाक्टरमा संक्रमण देखिएको हो ।  

उनमा ज्वरो आउने र पखाला लाग्ने समस्या भएपछि बिहीबार उनको अस्पतालमै पिसिआर परीक्षण गरिएको थियो । 

साँझपख आएको रिपोर्टअनुसार उनमा कोरोना पोजेटिभ देखिएको हो ।

अस्पतालकै आइसोलेसन वार्डमा भर्ना गरेर राखिएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।





  • प्रकाशित मिति : साउन २२, २०७७ बिहीबार २०:१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया