च्याम्पियन्स लिग आजबाट फर्किँदै

कोरोनाभाइरसका कारण लामो समयसम्म रोकिएको च्याम्पियन्स लिग आजबाट फेरि सन्चालनमा आउने भएको छ । 

१२ मार्चबाट रोकिएको लिगका आज दुई खेल हुँदैछन् । दुवै खेल नेपाली समय अनुसार राति पौने १ बजे हुनेछन् ।

म्यानचेस्टर सिटीले घरेलु मैदानमा रियल मड्रिडको सामना गर्नेछ । पहिलो लेगमा २–१ जित निकालेको सिटीलाई अघिल्लो चरण प्रवेश गर्न बारबरी पनि प्रर्याप्त हुने छ भने मड्रिडलाई कम्तीमा पनि २–० को जित आवश्यक पर्छ ।

युभेन्टसले पनि घरेलु मैदानमा लायोनको सामना गर्नेछ । पहिलो लेग १–० ले गुमाएको युभेन्टसलाई अघिल्लो चरण प्रवेश गर्न जितको विकल्प छैन ।  लियोनलाई भने बराबरीले पनि अघिल्लो चरणमा लैजाने छ ।





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार ७:५६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया