टिकटिकमाथि प्रतिबन्ध लगाउनले निर्देशनमा हस्ताक्षर गरे ट्रम्पले

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने एक निर्देशनमा हस्ताक्षर गरेका छन् । योसँगै अब ४५ दिनपछि टिकटक अमेरिकामा पूर्णरुपमा प्रतिबन्ध हुनेछ । 

आज राष्ट्रपति ट्रम्पले गरेको हस्ताक्षरअनुसार अबको ४५ दिनमा टिकटकको निर्माता बाइटडान्ससँग कुनै पनि अमेरिकी कारोबारलाई मान्यता दिइने छैन । 

पछिल्लो समय टिकटकले आफ्ना नागरिकको डाटा चोरी गरेको आरोप ट्रम्पले लगाउँदै आएका छन् । चिनियाँ कम्पनीले बनाएकाले टिकटकले आफ्नो डाटा चिनियाँ सरकारलाई दिने गरेको आरोप ट्रम्पले लगाउँदै आएका छन् ।

अमेरिकी समयअनुसार बिहीबार राति ट्रम्पले अर्को चिनियाँ एप वीच्याट पनि प्रतिबन्ध लगाउन निर्देशनमा हस्ताक्षर गरेका छन् । 

टिकटक र वीच्याटजस्ता चिनियाँ एपमा भारतले यसअघि नै प्रतिबन्ध लगाइसकेको छ ।





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार ८:५७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया