सहमति बिना प्रधानमन्त्रीको राजीनामा आउँदैन : रायमाझी

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले सहमतिबिना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् ।

गृहजिल्ला अर्घाखाँची पुगेका नेता रायमाझीले आलोपालो प्रधानमन्त्री बन्ने पहिलेको सहमति भए पनि सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भन्दै गरेको प्रस्ताव सर्व-सहमतिले पारित भएकाले यसै सहमतिअनुसार अगाडि बढ्नुपर्ने बताए । 

सीमा विवाद र कोरोना महामारी नियन्त्रण गर्नुपर्नेमा नेताहरु पदीय भुमरीमा फसेको भन्दै उनले पार्टीको अन्तरविरोधभन्दा कोरोना नियन्त्रणमा सरकारको ध्यान जान जरुरी रहेको समेत बताए ।

यसअघि पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत बनेका नेताहरुलाई कुन पदमा राख्ने भन्ने नै पार्टीमा देखिएको अन्तरविरोधको प्रमुख कारण बनेको नेता रायमाझीले बताए ।

पार्टी फुटे कस्तो हालत हुन्छ भन्ने हेर्न सिपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराई हेरे मात्रै पनि पुग्ने भन्दै उनले व्यक्तिभन्दा संगठन र पार्टी ठूलो हुने बताए ।





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार १२:३८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया