एसइई परीक्षाबापत लिइएको शुल्क फिर्ता गर्न माग


कोरोनाका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाविना नै नतिजा प्रकाशन गरिएपछि त्यसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा शुल्कबापत प्रतिविद्यार्थी पाँच सय रुपैयाँ उठाएको थियो । यसमध्ये कम्तीमा पनि आधा शुल्क सम्बन्धित विद्यार्थी अध्ययन गर्ने विद्यालयमार्फत फिर्ता गर्नुपर्ने माग सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले गरेको छ ।


विद्यार्थीको नतिजा प्रकाशन विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा गरिने निर्णयपछि अब शुल्क फिर्ता गर्नुपर्ने आफूहरूको माग रहेको महासङ्घका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । 

 

यसैबीच शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई बिहीबार परिपत्र गर्दै शिक्षाका विषयमा मन्त्रिपरिषद्ले यसअघि गरेका निर्णय कार्यान्वयन गराउन अनुरोध गरेको छ । विभागका निर्देशक गेहनाथ गौतमले सरकारको निर्णय कार्यान्वयन गर्न स्थानीय तहलाई औपचारिक रूपमा जानकारी गराइएको बताए ।
सरकारले भदौ १ बाट विद्यार्थी भर्ना लगायतका शैक्षिक गतिविधि अगाडि बढाउनुका साथै शिक्षकसमेत विद्यालयमा पुग्नुपर्ने निर्णय गरेको थियो ।
 





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार १३:२४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया