प्रधानमन्त्रीका सल्लाहकार रिमालद्वारा पार्टी प्रवक्ताको लाज जोगाउन श्रेष्ठलाई आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य विष्णु रिमालले आफ्नै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका छन् । सल्लाहकार रिमालले ट्वीटमार्फत उक्त आग्रह गरेका हुन् ।

 

उनले ट्वीटरमा भनेका छन्, ‘इनफ इज इनफ नारायणकाजी जी ! कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् ।’ रिमालले ‘विधि र पद्धति’को नक्कली गीत नगाउनसमेत श्रेष्ठलाई आग्रह गरेका छन् । ‘पार्टी एकता विरुद्धका कुनै पनि गतिविधि कतैबाट पनि नहोस्, मुलुक संवेदनशील मोडमा छ महसुस होस्,’ रिमालले भनेका छन् । 


नेकपा भित्र प्रचण्ड–नेपाल समूहले ओलीलाई दुवैबाट राजीनामा गर्न दवाब दिएपछि नेकपाको स्थायी कमिटी बैठक लामो समयदेखि बस्न सकेको छैन । असार १० गतेबाट चलेको स्थायी कमिटि बैठकमा प्रचण्ड–नेपाल समूहले दुवै पद छाड्न ओलीलाई दवाब दिएका थिए । त्यसपछि दुई अध्यक्षबीच दूरी बढ्दै गएको छ । 





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार १४:१३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया