पछिल्लो २४ घण्टामा ४६४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २२ हजार नाघ्‍यो

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २२ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका का प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या २२ हजारभन्दा बढी पुगेको छ ।  

कुल संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको हो । प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार तीन सय ३० छ ।  

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२५ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या १५ हजार ८१४ पुगेको छ । 

बढी संक्रमित हुने जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाडौं छन् । यी जिल्लामा पाँच सयभन्दा बढी संक्रमित छन् । मन्त्रालयका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङ गरी सात जिल्लामा कोरोना संक्रमण शून्य छ । 

अहिले क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन् । आइसोलेसनमा ६ हजार तीन सय ३० संक्रमित छन् । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र १०६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार १६:४०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया