‘पार्टी अध्यक्ष’ व्यक्तिमात्र हुँदैन, त्यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था हो : गौतम
‘सुशील भट्टलाई लगानी बोर्डमा मैले लगेको होइन’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले ‘पार्टी अध्यक्ष’ व्यक्तिमात्र नभई पार्टीभित्रको सर्वस्वीकार्य संस्था रहेको बताएका छन् । गौतमले शुक्रबार एक प्रेस नोट जारी गर्दै केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै अध्यक्षले बोलाएको समयमा आफू जाने गरेको स्वीकार गरेका छन् । उनले दुवै अध्यक्षलाई आफूले आवश्यक सल्लाह दिएको र आलोचना समेत गरेको उनको दाबी छ । ‌ओली, दाहाल र माधवकुमार नेपाल कुनै न कुनै गुट र समूहसँग जोडिए पनि आफू स्वतन्त्र रहेको उनको भनाइ छ ।

‘मैले आफूलाई स्वतन्त्र राख्ने कोसिस पनि गरेको छु, पछिल्लो मैले पार्टीमा राखेको ६ बुँदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो,’ गौतमले प्रेस नोटमा उल्लेख गरेका छन् । 

यसै गरी सोही प्रेस नोटमा गौतमले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो कुनै सम्लग्नता नभएको उल्लेख गरेका छन् । ‘सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन । यो मेरो सरोकार भन्दा बाहिरको विषय हो,’ गौतमले बताए ।





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार १६:५८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया