तत्काल विद्यालय सञ्चालन हुने अवस्था छैन : मन्त्री पोखरेल
फाइल फोटो

विद्यालयमा विद्यार्थी बोलाएर तत्कालै पठनपाठन गराउने अवस्था नरहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले तत्काल ‘फेस टु फेस पठनपाठन’ सम्भव नरहेको बताएका हुन् ।


सरकारले विकल्प के के हुन सक्छ भनेर अध्ययन गरिरहेको बताउँदै उनले केही विकल्प कार्यान्वयनमा आइसकेको बताए । सामुदायिक विद्यालयका शिक्षकलाई आफू कार्यरत विद्यालयमा पुगेर पठनपाठनको नयाँ विकल्पअनुसार काम गर्न पनि मन्त्री पोखरेलले आग्रह गरे ।

 

विद्यार्थीलाई घरमै गएर पढाउने जस्ता काम पनि भएको भन्दै उनले यो विकल्प कर्णाली प्रदेशमा प्रभावकारी देखिएको बताए । सबै शिक्षकलाई साउन मसान्तभित्र विद्यालयमा पुग्न पनि उनले आग्रह गरे । 


पठनपाठन बन्द हुँदा लाखौं विद्यार्थी प्रभावित भएको र विद्यार्थीको ध्यान पढाइबाट अन्यत्र केन्द्रित हुन थालेको भन्दै सांसदहरुले पढाइ कहिलेदेखि सञ्चालन हुन्छ भनी मन्त्रीलाई सोधेका थिए ।

पुरै शैक्षिकसत्र खेर जान नदिने गरी सरकारले विभिन्न तहका परीक्षा लिने र पठन पाठन गराउने विषयमा विज्ञसँग सल्लाह लिएको पनि मन्त्री पोखरेलले जनाए ।
 





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार १७:३०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया