काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षलाई बधाई दिएका छन् । शुक्रबार टेलिफोनमार्फत बधाई दिँदै प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको सम्बन्ध थप सुमधुर हुने अपेक्षा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई प्रधानमन्त्रीबीच कोभिड–१९ नियन्त्रणको अनुभव साटासाट भएको थियो । महामारी नियन्त्रणपछि दुवै देशले एक-अर्को मुलुकमा उच्च तहको भ्रमण गर्ने छलफल भएको परराष्ट्रले जनाएको छ ।
राजापाक्षको पार्टी एसएलपिपीले श्रीलंकाको संसदीय निर्वाचनमा अत्यधिक बहुमतले विजय हासिल गरेको छ । शुक्रबार सार्वजनिक भएको संसदीय निर्वाचनको नतिजामा राजापाक्षको पार्टीले करिब ७५ प्रतिशत सिटमा जित हासिल गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।