एजेन्सी– युरोपका चर्चित क्लब बार्सिलोना तथा म्यानचेस्टर सिटीका पूर्वखेलाडी याया टुरेले भारतीय क्लबबाट खेल्ने चाहना व्यक्त गरेका छन् ।
टुरेले इण्डियन सुपर लिग (आइएसएल)का दुई क्लब एफसी गोहा तथा बैंगलुरु एफसीसँग नयाँ सिजनका लागि आफूलाई अनुबन्ध गर्न प्रस्ताव राखेको टाइम्स अफ इण्डियाले जनाएको छ ।
टुरेको पारिश्रमिक महँगो भएकाले दुवै क्लबले टुरेको प्रस्तावलाई खासै महत्व नदिएको बताइएको छ ।
एफसी गोहाका निर्देशक रभी पुस्करको भनाइलाई उल्लेख गर्दै टाइम्स अफ इण्डियाले लेखेको छ, ‘हामीलाई याया टुरेको प्रस्तावले निकै आश्चर्यमा पारेको थियो, तर महँगो पारिश्रमिकका कारण उनको प्रस्तावलाई अघि बढाउन चाहेनौँ ।’
आइभरी कोस्टका ३७ वर्षीय मिडफिल्डर टुरे अहिले चिनियाँ क्लबबाट खेलिरहेका छन् । चीन आउनुअघि उनले सन् २०१०–२०१८ सम्म आठ वर्ष म्यानचेस्टर सिटीमा योगदान गरेका थिए । सन् २००७–२०१० सम्म उनले बार्सिलोनामा योगदान गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।