पशुपति स्वर्ग जाने बाटो हो, आर्थिक लेनदेन गरेर नर्क जाने काम गर्ने कर्मचारीलाई कारबाही हुन्छ : मन्त्री भट्टराई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा संलग्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका छन् । 

क्षेत्र विकास कोषले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले पदाधिकारी र कर्मचारीले आर्थिक लेनदेनलाई प्रश्रय दिएकै कारण पशुपति क्षेत्रभित्र बाटो–बाटोमा पसल राख्ने, पार्किङ जथाभाबी गर्ने क्रियाकलाप बढेको बताए । 

‘यहाँ कोही पदाधिकारी हुन आउनु, कोही कर्मचारी हुन आउनु भनेको पवित्रता कमाउन आउने हो । धर्म गर्न आउने हो,’ मन्त्री भट्टराईले भने, ‘त्यसैले पवित्रता कमाउने धर्म गर्न आउने ठाउँमा अनावश्यक आर्थिक लेनदेन र चलखेल भए भने त्यो नर्कको बाटो हुन्छ । यो स्वर्ग जाने बाटो हो ।’ 

पशुपति कुनै धर्म सम्प्रदाय र कुनै समुदायको मात्र नभएको उल्लेख गर्दै उनले यसमा पहिलो अधिकार नेपाल राष्ट्रको र र त्यसपछिको पशुपतिमाथि आस्था राख्ने विश्वभरका करोडौँ मानिसको अधिकार रहने बताए । 

पशुपति क्षेत्रको व्यवस्थापन र विकासका लागि सरकारले गुरुयोजना प्रस्ताव गरेपछि केही मानिस र राजनीतिक व्यक्तिलगायतले विरोध गरिरहेकोमा उनले असन्तुष्टि व्यक्त गरे । 





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार १८:४५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया