काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड पालना गर्न आग्रह गरेकी छिन् ।
शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेल र अन्य मन्त्रीहरुसँगको भेटमा उनले पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले बन्दाबन्दीको कारण सहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्नेलगायत निजी क्षेत्रका उद्योग व्यवसायका श्रमिकले रोजगारी गुमाउनुपरेकामा पनि चिन्ता व्यक्त गरिन् ।
कोरोना महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले हालसम्म गरेका कामबारे राष्ट्रपतिलाई जानकारी गराउन उपप्रधानमन्त्री पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल राष्ट्रपति कार्यालय पुगेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।