कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या विश्वमा ७ लाख १८ हजार नाघ्यो

विश्वमा कोरोना सङ्क्रमणका कारण ७ लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार जानकारी दिएको छ ।

संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरिमा १ करोड ९२ लाख ७९ हजार ७७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । 

सङ्क्रमितमध्ये हालसम्म १ करोड २३ लाख ७५ हजार ३ सय ७३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६१ लाख ८५ हजार ६ सय ८० कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार २ सय ६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्ल्यूएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ३२ हजार ५ सय ४७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ६२ हजार ८ सय ५ व्यक्तिको मृत्यु भइसकेको छ ।

दक्षिण अमेरिकामा ४५ लाख ४४ हजार २ सय ५४ जना कोरोना सङ्क्रमित रहेका छन् । यहाँ १ लाख ५४ हजार ८ सय ९२ जनाको मृत्यु भएको छ । 



उत्तर अमेरिकामा ५९ लाख २० हजार ३ सय ५३ जना कोरोना सङ्क्रमित छन् । यहाँ २ लाख २९ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ । 

युरोपमा २९ लाख ९० हजार २ सय ३३ जना कोरोना सङ्क्रमित रहेका छन् भने २ लाख ५ हजार ३ सय ९० को मृत्यु भएको छ । 



एसिया ४७ लाख ८६ हजार ९ जनामा कोरोना सङ्क्रमण रहेको छ भने १ लाख ५ हजार ३ सय ४८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १० लाख ११ हजार ८ सय ७६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२ हजार १ सय १४ जनाको मृत्यु भएको छ ।  

ओसियानामा २२ हजार १ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २ सय ९२ जनाको मृत्यु भएको छ ।

  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार १९:३८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया