बेरूत विस्फोटबाट ८० हजार बालबालिका विस्थापित, मृतकको सङ्ख्या १५४ पुग्यो

लेबनानको राजधानी बेरूतमा गत मङ्गलबार भएको विस्फोटबाट करिब ८० हजार बालबालिका विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले शुक्रबार जनाएको छ ।
विस्फोटका कारण धेरै बालबालिकामा मनोवैज्ञानिक प्रभाव परेकोप्रति चिन्ता व्यक्त गर्दै पीडित बालबालिका तथा उनीहरूको परिवारलाई सहयोग पुर्‍याउने प्रयास भइरहेको युनिसेफले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

“विगत ४८ घण्टादेखि युनिसेफले लेबनानी अधिकारी तथा उद्धारमा खटिएका सहयोगी संस्थाहरूसँग सहकार्य गरी प्रभावित परिवारको आवश्यकता अनुसार सहयोग गरिरहेको छ,” विज्ञप्तिमा भनिएको छ ।   

युनिसेफले पीडित बालबालिका तथा उनीहरूका परिवारको स्वास्थ्य, खानेपानी तथा अन्य तत्काल आवश्यकताका विषयमा नजिक रहेर काम गरिरहेको युनिसेफका लेवनानस्थित प्रतिनिधि भाएलेट स्पिक वार्नीले बताए ।
  
लेवनान विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म १ सय ५४ पुगेको लेवनानी स्वास्थ्य मन्त्री हमद हसनले बताए । 





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार १९:४९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया