बिपी साहित्य सम्मान पुरस्कार इतिहासकार ज्ञानमणि नेपाललाई, होमनाथ दाहाललाई बिपी सेनानी सम्मान

काठमाडौं– बिपी कोइराला स्मृति ट्रस्टले यस वर्षको बिपी साहित्य सम्मान पुरस्कार २०७७ वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गर्ने भएको छ । पुरस्कारको राशि एक लाख एक हजार छ । 

ट्रस्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको सो पुरस्कार यस वर्ष साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गर्ने निर्णय भएको ट्रस्टले जनाएको छ ।

यस्तै, यस वर्षको बिपी सेनानी सम्मान पुरस्कार २०७७ होमनाथ दाहाललाई प्रदान गर्ने निर्णय भएको छ । प्रजातन्त्र स्थापनाको संघर्षमा योगदान पुर्याएबापत ट्रस्टले ५१ हजार राशिको सो पुरस्कार दाहाललाई दिइने भएको हो ।

दुवै पुरस्कार आगामी भदौ २४ गते बिपी जयन्तीको अवसरमा काठमाडौंमा विशेष समारोह आयोजना गरेर प्रदान गरिने ट्रस्टले जनाएको छ ।





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार २०:११:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया