अनशनमा बसेका युवाको मागमा गम्भीर बन्न कांग्रेसको आग्रह

काठमाडौं– कोरोना परीक्षणलाई व्यवस्थित बनाउनुपर्नेलगायत माग राख्दै अनशनमा बसेका युवाहरुको मागमा गम्भीर बन्न नेपाली कांग्रेसले आग्रह गरेको छ ।

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै युवाहरुका माग जायज रहेको बताउँदै तत्काल पूरा गर्न आग्रह गरेका छन् ।

युवाहरु अनशनमा बसेको २० दिन पूरा भई सक्दा समेत संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिनु दुखद भएको बताएका छन् । 

 ‘सरकार स्वयंले अघिल्लो अनशनमा स्वीकारेर गरेको सम्झौता पालना गर्न दबाब दिइरहेका छन् । तर, अनशनमा बसेको बीस दिन पूरा भई सक्दा संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिनु अत्यन्तै दुःखद छ।’





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार २०:२८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया