हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौं– हात्तीको दाह्रासहित प्रहरीले शुक्रबार काठमाडौंको सुकेधाराबाट तीनजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पाँचथर घर भई काठमाडौं कपन बस्ने २८ वर्षीय रुद्र लिम्बु, सिन्धुपाल्चोक घर भई सोही ठाउँ बस्ने २५ वर्षीय हरि कार्की र गोरखा घर भई काठमाडौं सामाखुसी बस्ने २२ वर्षीय सुबोध देवकोटा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

शुक्रबार अपराह्न १ः३० बजे काठमाडौं महानगरपालिका–४ सुकेधारामा हात्तीको दाह्राको खरिद बिक्री हुँदै छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । 

उनीहरुको साथबाट १० इञ्च लामो हात्तीको दाह्रा बरामद गरिएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार २०:४६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया