एयर इन्डिया विमान दुर्घटनाः के मौसमका कारण भएको थियो ?

भारतको केरलाको एक विमानस्थलमा भएको एयर इन्डियाको विमान दुर्घटनामा कम्तिमा पाँच जनाको मृत्यु भएको छ ।

यो विमान दुर्घटना खराब मौसमका कारण भएको हुनसक्ने प्रारम्भिक विवरण आएको छ ।

विमान दुर्घटनामा विमान दुई टुक्रामा विभाजन भएको भन्एिको छ । 

कालिकुट विमानस्थलमा यो विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएको थियो । 

विमान अवतरणको समयमा त्यहाँ पानी परिरहेको थियो । पानी परिरहेकै कारण विमान चिप्लिएको हुनसक्ने अनुमान गरिएको छ ।

त्यो विमानस्थलमा अहिले २४ डिग्री सेल्सियस तापक्रम रहेको र हल्का वर्षा भएको बताइएको छ । तर, हावाको बहाव भने १० किलोमटिर प्रति घन्टा भएको बताइएको छ । ३ सय फिटसम्म बादल रहेको पनि प्रारम्भिक अनुसन्धानमा बताइएको छ। 






  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार २२:३५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया