टी २० विश्वकप अर्को वर्ष भारतमा हुने

सन् २०२१ को पुरुष टी २० विश्वकप भारतमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।

आइसिसीका अनुसार कोरोना संकटका कारण सन् २०२१ को महिला टी २० विश्वकप भने स्थगित भएको छ । यो टुर्नामेन्ट २०२२ मा आयोजना गरिनेछ ।

आइसिसीले  जानकारीअनुसार सन् २०२१ को टी २० विश्वकप भारतमा भए पनि सन् २०२२ को चाहिँ अष्ट्रेलियामा हुने भएको छ ।

कोरोना महामारीका कारण विश्वभर विभिन्न खेल प्रतियोगिताहरु रद्द हुँदै गएका छन् । आइसिसी विश्वकप टी २० यो वर्ष अष्ट्रेलियामा हुने भनिएको थियो । तर, कोरोनाभाइरसका कारण यो अब रद्द भएको छ ।





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार २२:३९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया