भारतको केरलाको कालिकट विमानस्थालमा भएको एयर इन्डियाको विमान दुर्घटनामा पछिल्लो अपडेटअनुसार कम्तिमा १४ जनाको निधन भएको छ ।
मृत्यु हुनेमा विमानका पाइलट समेत रहेका छन् ।
दुबइबाट फर्किएको विमान पौने ८ बजे दुर्घटनामा परेको थियो ।
रनवेमा प्लेन ३५ फिट तल गडेको थियो । दुर्घटनामा विमान दुई टुक्रा भएको बताइएको छ । समाचार एजेन्सी युएनआइका अनुसार दुर्घटनामा कम्तिमा पनि १४ जनाको निधन भएको । यसमा एक पाइलट, तीन महिला र एक पुरुष यात्री रहेका छन् ।
विमानमा १२८ पुरुष, ४६ महिला, १० बालबालिका र ५ क्रु मेम्बर्स सवार थिए । कम्तिमा पनि ४० जनाभन्दा बढी घाइते भएको जनाइएको छ ।
विमान अवतरणको समयमा त्यहाँ ठूलो पानी परिरहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।