अपडेटः एयर इन्डिया विमान दुर्घटनामा १४ को मृत्यु, १५ गम्भीर

शुक्रबार साँझ भारत केरलाको कोझिकोड विमानस्थल रनवेमा भएको एयर इन्डियाको विमान दुर्घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा कम्तिमा १५ जनाको अवस्था गम्भीर भएको बताइएको छ । 

भारतीय मिडियाहरुका अनुसार अहिले पनि उद्दार कार्य जारी छ । विमान दुई टुक्रामा भाँचिएको बताइएको छ । मृत्यु हुनेमा विमानका पाइलट पनि रहेका छन् । 

विमान दुर्घटनामा १ सय २३ जना घाइते भएका छन् । यो विमान दुबईबाट भारत फर्किएको थियो । विमानस्थलमा पानी परिरहेकाले अवतरणको समयमा विमान चिप्लिएको प्रारम्भिक अनुसन्धानमा जनाइएको छ ।






  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार २२:५३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया