नेताहरुलाई योगेशको आग्रहः फर्किनु पर्छ, दोस्रो विकल्प छैन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय चलिरहेको शक्ति संघर्षको विवादमा दोस्रो पुस्ताका वा युवा नेताहरु आफ्ना शीर्ष नेताहरुलाई बारम्बार खबरदारी गरिरहेका छन् ।

कहिलेकाहीँ छलफल चलाएर होस् या कहिलेकाहीँ सामाजिक सन्जालमा लेखेर नै किन नहोस्, उनीहरु नेताहरुलाई सचेत बनाउन लागिरहेका छन् । 

यीनैमध्ये एक हुन्, पर्यटनमन्त्री तथा नेकपा नेता योगेश भट्टराई । 

भट्टराईले पछिल्लो समय पार्टी विभाजनको खतरा आइसकेको दोहोर्याउँदै आएका छन् । अनि बारम्बार नेताहरुलाई सजग बनाउने हेतुले हुनसक्छ, आफ्नो सामाजिक सन्जालमा पनि यसबारे लेखेका छन् । 

शुक्रबार राति अबेर उनले फेरि एक ट्विट गरेका छन् । ट्विटमा उनले लेखेका छन्– फर्कनै नुहने हो भने नेपाली शब्द भण्डारणमा किन फर्कनु भन्ने शब्द बन्यो त ?

यो शब्द हुनु भनेको यसको प्रयोग पनि हुनु हो भन्ने उनको तर्क रहेको छ । तसर्थः फर्किनु पर्छ र फर्कन सकिन्छ भन्ने उनको तर्क छ । उनले यसबाहेक अरु विकल्प नभएको पनि आफ्नो ट्विटमा लेखेका छन् ।





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार २३:३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया