बङ्लादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडी कोरोना संक्रमित

बङ्‌गलादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

'परीक्षण गर्नुपूर्व ती कुनै पनि खेलाडीमा कोरोना भाइरसको लक्षण देखिएको थिएन, तर परीक्षणबाट उनीहरुमा संक्रमण भएको पुष्टि भएको हो,' बङ्लादेश फुटबल महासंघका महासचिव अबु नयीम शोहङले शुक्रबार भने ।  

बङ्लादेशमा अहिलेसम्म दुई लाख ५० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । ती मध्ये तीन हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार २३:३१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया